“खान्दोके सेलो विथ ब्याण्ड” कार्यक्रम यहि आउँदो श्रावण १९ गते शनिबार किङ्स लाउन्ज दरबार मार्गमा गरिदै

“खान्दोके सेलो विथ ब्याण्ड” कार्यक्रम यहि आउँदो श्रावण १९ गते शनिबार किङ्स लाउन्ज दरबार मार्गमा गरिने भएको छ। तामाङ मौलिक भाकाको रुपमा परिचित खान्दोके सेलोको संरक्षण एवं प्रवर्द्धनका लागि तिप्लिङ मिडिया हाउसले कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रम श्रावण १९ गते शनिबार किङ्स लाउन्ज दरबार मार्गमा दिउँसो ठिक १ बजेदेखि शुरु हुने कार्यक्रमका संयोजक क्रान्ति योञ्जनले बताए।

खान्दोके सेलोमा लामो समयदेखि निरन्तर योगदान दिँदै आएका गायक लोप्चनको स्वरमा कार्यक्रम खान्दोकेमय हुनेछ ।कार्यक्रममा विशुद्ध तामाङ मौलिकतालाई राजधानीको मुटुमा पहिलो पल्ट झल्काउने मुख्य उद्देश्य रहेको लोकप्रिय गायक आस्मान लोप्चनले बताएका छन्।

विशेषता सिन्धुपाल्चोकको अधिकांश तामाङ गाउँहरुमा गाइने आफ्नै मौलिक भाकाको रुपमा परिचित  खान्दोके सेलो । “आस्साना सार्दो मन परादो” बाट विशेष उठान गरिने सिन्धुपाल्चोकको भेगिय मौलिक भाका भएतापनि यसलाई सुन्ने स्रोता, हेर्ने दर्शकको संख्या  विश्वभर फैलिदै गइरहेको छ। मौलिकता हाम्रो साझा सम्पति हो, हाम्रो शान हो, हाम्रो पहिचान हो। तसर्थ यसलाई जोगाउनु, पुस्तान्तरण गर्नु र प्रचारप्रसार गर्नु हामी सबैको साझा दायित्व हो भन्ने मुख्य भावना सहित डम्फु, टुंना, तामाङ भाषा र तामाङ भेषभुसा सहित गायक आस्मान लोप्चनको “खान्दोके सेलो विथ ब्याण्ड” हुन गइरहेको आयोजक टिमले जानकारी दिएको छ।

 कार्यक्रमको उद्देश्य:
क) तामाङ समुदायमा लोप हुन लागेका मौलिक कला संस्कृतिलाई तामाङ मौलिक खान्दोके सेलो संगीत मार्फत आफ्नो ऐतिहासिकता भएको संस्कृतिको गाथा प्रस्ट्याउने र यसको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन गर्दै सांसर भरि प्रचार प्रसार गर्ने ।
ख) बाह्य एवं पश्चिमी संस्कृतिको प्रभाव लाई निरुत्साहित गर्दै संस्कृतिक बिचलनलाई न्यूनीकरण गर्ने र मौलिक खान्दोके सेलोमा आकर्षण बढाउने ।
ग) हामी ऐतिहासिक कला संस्कृतिमा विश्वकै धनी देश हो । त्यसैले हाम्रो आफ्नो मौलिक संस्कृतिक इतिहासको महत्व दर्शाउँदै बिशेष गरि हाम्रो नयाँ पुस्तालाई मौलिक संस्कृतिमा आकर्षण, उत्प्रेरित एवं पुस्तान्तरण गर्दै जाने ।
घ) हाम्रो ऐतिहासिक कला र संस्कृतिको धरोहरलाई अझ उच्च पार्दै लैजाने ।

SHARE