डेंगी संक्रमणबाट एक जनाको मृत्यु,७३ जिल्लामा संक्रमण पुष्टि

यो वर्ष डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसीडी)ले सोमबार दिएको अपडेट अनुसार डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

इडीसीडीका अनुसार मृत्यु हुनेलाई डेंगीका साथै अन्य रोग पनि रहेको थियो ।  गत जनवरी यता ५ अगष्टसम्म देशमा २३६५ जनामा डेंगी संक्रमण देखिएको इडीसीडीले जनाएको छ । ७३ जिल्लामा संक्रमण पुष्टिठ भइसकेको छ ।

सबैभन्दा बढी काठमाडौंमा २८७ जनामा डेंगी पुष्टि भएको छ । कास्कीमा १३७ र झापामा १३३ जनामा देखिएको इडीसीडीले जनाएको छ। 

SHARE