ललितपुरबाट २८१ जनाको उद्धार, ९ जनाको शव फेला

ललितपुर – ललितपुरमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेका २८१ जनाको उद्धार भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी नरहरि अधिकारीका अनुसार २ जनाको उद्धार भएको हो। त्यस्तै ९ जनाको शव समेत फेला परेको उनले जानकारी दिए।

अहिले उद्धारका लागि ललितपुर प्रहरी र तालुक कार्यालयबाट उद्धारका लागि बोट लगायत सामग्रीसहित ११०० जना खटिएका छन्।

सानेपा क्षेत्रबाट ७७ जना, नख्खु हार्मोनी कोलोनीबाट ३० जना, नख्खिपोट क्षेत्रबाट १५ जना, बुंगमति क्षेत्रबाट ७५ जना, चापागाउँबाट ५५ जना, युएनपार्कबाट एक जना र इमाडोलबाट २८ जना गरी २८१ जनाको उद्धार गरिएको हो।

त्यस्तै विभिन्न स्थानबाट हराइरहेका ११ जनामध्ये ९ जनाको शव फेला परेको छ।

SHARE