तामाङ पत्रकार संघ ललितपुर शाखाको अध्यक्षमा प्रकाश थिङ

तामाङ पत्रकार संघ ललितपुर शाखाको अध्यक्षमा प्रकाश थिङ सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार ललितपुरको पुलचोक स्थित देउराली फाउन्डेसनको सभा हलमा सम्पन्न भएको शाखाको चौथो अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

उपाध्यक्ष कविराज तामाङ,सचिव स्मिथु घिसिङ ,स-सचिव कमल योन्ञ्जन,कोषाध्यक्ष बुद्ध राज तामाङ ,सदस्य संन्जिब सी तामाङ, र राजकुमार थिङ सर्वसम्मत चयन भएका छन।

 

SHARE