भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

गएराति सूर्यविनायक नगरपालिका-१० बाँसघारी नजिक सडकमा साँगाबाट जगातीतर्फ आइरहेको बा.प्र.०२-०४० प ३२२४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा काठमाडौंको कीर्तिपुर बस्ने २९ वर्षीय सिद्धान्त साह रहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ।

 

 

SHARE