दक्षिण कोरियामा १७५ जना यात्रु बोकेको विमान दुर्घटना

दक्षिण कोरिामा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार विमान दुर्घटनामा परेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार थाइल्याण्डको बैंककबाट दक्षिण कोरिया पुगेको विमान अवतरण गर्ने बेला दुर्घटनामा परेको हो ।

दुर्घटनामा कम्तिमा २९ जनाको मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

जेजु एयर फ्लाइट ७सी२२१६ विमान रनवेको बारमा ठोक्किएको थियो ।

त्यसँगै विमानमा विष्फोट भएको तथा आगो लागेको थियो ।

SHARE