ज्योतिराज राईको निर्माणमा बन्न लागेको फिल्म ‘नाक्छोङ’ (विजुवा)को छायांकन सुरु भएको छ । विहिबार मोरङको बेलाबारीमा शुभमुर्हूत गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।
फिल्मको मुर्हूत परम्परागतभन्दा भिन्न शैलीमा गरियो । स्थानिय विजुवाले तीन चुला र चिण्डोलाई पूजासहित पुर्खाहरु सम्झँदै फिल्मको मुर्हूत गरेका थिए । मुर्हत कार्यक्रममा लेखक तथा निर्देशक नविन सुब्बा, मिलन चाम्स, बेलाबारी नगरपालिका- ११ का वडाध्यक्ष विक्रम वान्तवालगायत स्थानिय कलाकर्मी उपस्थित थिए ।
फिल्मलाई किरण राईले निर्देशन गर्दैछन् । किरणले यसअघि ‘लुङा’ र ज्यापंचौ’ निर्देशन गरेका थिए । फिल्ममा याशेली योङ्हाङ, भुवन सिंह राई, सुस्मा सुब्बा, सरोज खालिङ, बबिन राई, अनुशा राई, सारा राई, त्रिचु राई, उत्तम राई, तयाहाङ राई, उदय सुब्बा कुरुम्बाङ, पूर्ण लिम्बु, दिनेश कोइराला, हेम दिलुङ्छा, बिनोद पोमो, प्रकाश सुब्बा लगायतको अभिनय हुने जनाइएको छ । बाबु श्रेष्ठको छायांकन हुनेछ ।










