रोयल नेपाल रोधी क्लबको प्रथम वार्षिकोत्सव मनाउँदै : कला, संस्कृति र विलासिता एकै मञ्चमा

काठमाडौँ । नेपाली कला, संस्कृति र आधुनिक आतिथ्यलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले स्थापना गरिएको रोयल नेपाल रोधी क्लबले आफ्नो प्रथम वार्षिकोत्सवलाई विशेष समारोहका साथ मनाउने भएको छ। लाजिम्पाटस्थित क्लबले भदौ १८ देखि २२ गतेसम्म पाँचदिने उत्सव आयोजना गर्ने प्रेस नोट मार्फत घोषणा गरेको हो।

यस अवधिमा दोहोरी तथा लोक संगीतका लाइभ प्रस्तुति, सांस्कृतिक नृत्य, हास्य–व्यंग्य, विशेष अतिथि कलाकारहरूको प्रस्तुति, रोमाञ्चक लकी ड्र, आकर्षक पुरस्कार वितरण र लेट–नाइट डीजे सेसन रहने क्लबका संचालक एवंम प्रबन्ध निर्देशक सुनिल छेवाङ लामाले जनाएको छ।

वार्षिकोत्सव समारोहको उद्घाटन संविधानसभा सदस्य, नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति, पूर्व मन्त्री तथा बागमती प्रदेश सदस्य माननीय तीर्थ लामाबाट हुने तय भएको क्लबले जनाएको छ।

रोयल नेपाल रोधी क्लबको यात्रा एक वर्षअघि सुरु भएको हो। लाजिम्पाट जस्तो व्यस्त क्षेत्रमै ‘नेपालकै पहिलो विलासी दोहोरी रेष्टुरेन्ट भेन्यू’ को अवधारणासहित सुरु भएको यस संस्थाले छोटो अवधिमै उल्लेख्य पहिचान बनाएको छ।

गत एक वर्षमा क्लबले सांगीतिक साँझ, सांस्कृतिक पर्व, राष्ट्रिय कलाकारहरूको निरन्तर प्रस्तुति, पर्यटकलाई नेपाली कला–संस्कृतिसँग नजिक्याउने अवसर लगायतका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ। यसैक्रममा, क्लबले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो ब्रान्डलाई चिनाउने प्रयास गरिरहेको संचालक एवंम प्रबन्ध निर्देशक सुनील छेवाङ लामाले बताए।

उनका अनुसार, “हामी केवल रेष्टुरेन्ट मात्र होइनौं, यो एउटा संगीत, संस्कृति र आतिथ्यताको जीवन्त केन्द्र हो। भविष्यमा अझ गुणस्तरीय सेवा, स्वादिष्ट र स्वास्थ्यप्रद भोजन, विश्वस्तरीय संगीत तथा मनोरञ्जन प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय स्तरमा क्लबलाई परिचित गराउने हाम्रो लक्ष्य छ।”

प्रमुख आकर्षण : मनोरञ्जनका पाँच दिन पाँच स्वाद

भदौ १८ : लोकप्रिय गायक राजु परियार

भदौ १९ : लोकप्रिय गायिका ज्योति मगर

भदौ २० : लोकप्रिय गायक पशुपति शर्मा

भदौ २१ : विशेष तामाङ सेलो साँझ – लोकप्रिय गायक रोज मोक्तान, फूल कुमार बम्जन र कोशिश थोकर

भदौ २२ : डान्सर तथा मोडलहरू सुनिल क्षेत्री, करिश्मा शाही र सञ्चिता बोलाखेको प्रस्तुति रहने छ ।

ग्राहकमैत्री योजना

वार्षिकोत्सवको अवसरमा क्लबले विशेष कार्यक्रमसहित फ्ल्याट २० प्रतिशत छुट प्रदान गर्ने घोषणा गरेको छ। क्लबको दाबी छ – “उत्कृष्ट भोजन, प्रीमियम पेय र उच्चस्तरीय मनोरञ्जन” को संयोजनमार्फत अतिथिलाई अद्वितीय अनुभव दिलाउने लक्ष्य छ।

रोयल नेपाल रोधी क्लबले परम्परागत रोधी संस्कृतिलाई आधुनिक रूपान्तरण गर्दै शहरी जीवनमा नयाँ आयाम थपेको छ। साधारण ‘दोहोरी साँझ’ भन्दा फरक, यस क्लबले लक्जरी रेस्टुरेन्ट सेवा र सांस्कृतिक मनोरञ्जनलाई एकैसाथ प्रस्तुत गर्ने साहसिक कदम चालेको छ।

विशेषगरी, तामाङ सेलो, लोकदोहोरी, नृत्य र आधुनिक डीजे सेसनलाई एउटै छानामुनि प्रस्तुत गर्ने प्रयोगले सांस्कृतिक विविधतालाई सम्मान गर्दै नयाँ पुस्तालाई आकर्षित गरेको देखिन्छ।

एक वर्षमै यो क्लबले नेपाली कला–संस्कृति र आतिथ्यलाई ‘ब्रान्डेड’ गर्ने प्रयास गरेको छ भने आगन्तुकलाई ‘मनोरञ्जनसँगै संस्कृतिको जीवन्त अनुभव’ दिने रणनीति अपनाएको छ। यही कारण यो क्लब केवल खाने–पिउने स्थान मात्र नभई सांगीतिक/सांस्कृतिक जीवन्त केन्द्रको रूपमा परिचित बन्दै गएको छ।

 

SHARE