काठमाडौंको न्यूनतम तापक्रम घट्यो

शुक्रबारको तुलनामा शनिबार काठमाडौंको न्यूनतम तापक्रम घटेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको छ।

शुक्रबार बिहानको तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको थियो।

रातिको समयमा आकाशमा बादल हुँदा बिहान न्यूनतम तापक्रम बढी हुने र आकाश खुला हुँदा न्यूनतम तापक्रम केही घटेर केही बढी चिसो महशु‍स हुने मौसमविदहरू बताउँछन्।

शनिबार दिउँसो काठमाडौंको आंशिक बदली रहने मौसम मुख्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ। अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने आकलन छ।

SHARE