मोतीलाल सर्वोत्कृष्ट प्रहरी अनुसन्धान अधिकृत पुरस्कार-२०८० बाट दुर्गा कुमार योञ्जन सम्मानित

काठमाडौं ।  मोतीलाल सर्वोत्कृष्ट प्रहरी अनुसन्धान अधिकृत पुरस्कार-२०८० बाट दुर्गा कुमार योञ्जन सम्मानित भएका छन् । प्रहरी दिवस २०८० को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक (आइजीपी) मोतीलाल बोहराले गत वर्ष देखि स्थापना गरेको उक्त पुरस्कार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी बरिष्ठ नायब निरिक्षक दुर्गा कुमार योञ्जनलाई प्रदान गरिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) मा कार्यरत दुर्गा कुमार योञ्जनले यसवर्ष अनुसन्धानकार्यमा उत्कृष्ट काम गरेवापत ५१ हजार राशीसहितको उक्त पुरस्कार प्राप्त गरेका हुन ।

 

SHARE