पाथिभरामा केबलकारको विरोध गर्नेमाथि प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घोइते

ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले गोली चलाएको छ ।

शनिबार बेलुकी प्रहरीले चलाएको गोली लागेर दुईजना गम्भीर घाइते भएका छन् । गोली लागेर यमबहादुर लिम्बू र धर्मान पालुङ्वा घाइते भएका हुन् । दुवै घाइतेको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गोली लागेका एक जनालाई केही अघि र अर्का एकको भर्खरै अस्पताल ल्याइएको जानकारी दिए ।

उनका अनुसार पाथिभरा क्षेत्रको बलुडाडा आसपास सुरक्षाकर्मी र केबलकार विरोधी पक्षबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।

SHARE