सेण्ट मेरिजमा अभिभावक दिवस र सांस्कृतिक कार्यक्रम सम्पन्न

पोखरा, २८ जेठ

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १५ नयाँगाँउस्थित सेण्ट मेरिज सेकेण्डरी स्कुलमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका अभिभावक दिवस र विविध साँस्कृतिक कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

न्याय र सत्यताको मुल नाराका शिक्षा प्रदान गर्दै आएको विद्यालयको अभिभावक दिवस र साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथि ४ नंं. प्रदेशका प्रदेश सभाका उपसभामुख सिर्जना शर्माले उद्घाटन गर्नुभएको थियो। प्रमुख अतिथि शर्माले प्रदेश संसदले राम्रो शिक्षा निती बनाउने तयारीमा जुटेको बताउनुभयो।संघीय सरकारले सर्टिफिकेट राखेर उद्यमशीलताका लागि ऋण प्रदान गर्ने व्यवस्था गरेको चर्चा गर्नुहुदै संसदको बजेटमा स्वास्थ्य,शिक्षा र रोजगारीलाई प्राथमिकतामा साथ राखेको जानकारी दिनुभयो।देश र जनताको विकासको मुल आधार शिक्षालाई सबै अभिभावकहरुले पनि विशेष जोडदिन आग्रह उहाँको थियो।

सेण्ट मेरिज सेकेण्डरी स्कुलको शैक्षिक वातावरण, शिक्षामा योगदानको प्रसंसा गर्नुहुदै उपसभामुख शर्माले सेण्ट मेरिजले असल शिक्षासँग सँगै सिर्जनशील विद्यार्थी र असल नागरिक उत्पादन गरेको बताउनुभयो। हाम्रो समाजमा छोरीले पढ्न हुदैन भन्ने लैंगिक हिंसायुक्त मान्यतालाई सेण्ट मेरिजले तोड्न सघाउदै छोरा छोरी दुवै बराबरीको मान्यता स्थापित गर्ने वातावरण तयार पारेको उहाँको भनाई थियो।सेण्ट मेरिज सेकेण्डरी स्कुल स्थापना गरी छोरीहरुलाई शिक्षा प्रदान गर्दै मानव धर्म र निस्वार्थ सेवालाई समर्पित प्रिन्सिपल र व्यवस्थापकहरुप्रति आभार व्यक्त गर्नुहुदै प्रमुख अतिथि शर्माले बालश्रमिक कहि कतै छन भने विद्यालयसम्म ल्याउने भुमिका निर्वाह गर्न कार्यक्रम सहभागीहरुलाई आग्रह गर्नुभयो।

विद्यालयकी प्रिन्सिपल सिस्टर मारगरेट मेरीले प्रमुख अतिथि लगायत सम्पुर्ण अभिभावकहरुलाई धन्यवाद व्यक्त गर्नुहुदै सबैको साथ सहयोगबाट नै विद्यालय अघि बढीरहेको बताउनुभयो।

कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक प्रस्तुति मार्फत मनोरञ्जन दिलाएका थिए भने हेड गर्ल गीता गुरुङ स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको संचालन विद्यार्थीहरु सिद्धि शाह, कुसुम गुरुङ र अनामिका अधिकारीले गर्नुभएको थियो।

SHARE