पेट्रोलमा दुई र डिजेलमा चार रुपैयाँ मूल्य वृद्धि

इन्धनको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले शनिबार बिहानबाट लागू हुने गरी इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलमा दुई तथा डिजेलमा चार रुपैयाँ वृद्धि भएको हो । त्यस्तै मट्टितेलमा पनि चार रुपैयाँ मूल्य वृद्धि भएको छ ।

इन्डियन आयल कर्पोरेसनले मूल्य वृद्धिको सूची पठाएपछि निगमले पनि मूल्य वृद्धिको सूची सार्वजनिक गरेको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्छ । डिजेल र मट्टितेल प्रतिलिटर १६० रुपैयाँ पर्छ ।

SHARE