गठबन्धनले प्रधानमन्त्री फेर्नेबाहेक अरू काम गर्न सक्दैन: मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले सत्ता गठबन्धनले प्रधानमन्त्री फेर्नेबाहेक अरू काम गर्न नसक्ने बताएका छन्।काठमाडौंमा मंगलबार भएको एक कार्यक्रममा बोल्दै रिजालले पाँच वर्षका लागि गठबन्धन बनेको बताए।

‘जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरूबाट धेरै आशा गर्न सकिन्न,’ उनले भने, ‘अहिलेको गठबन्धनले पाँच वर्षका लागि सम्झौता गरेको छ। नेकपा (एमाले) ले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम गठबन्धनले गर्न सक्दैन।’

गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य नदेखेको रिजालको भनाइ छ।

SHARE