नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनबाट पार्टी अध्यक्षमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् । उनी प्रतिस्पर्धी नेत्र चापागाईँलाई भारी मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
डा. भट्टराईले ७६१ मत पाउँदा चापागाईँले ६३ मत पाएका हुन् ।
त्यस्तै, उपाध्यक्ष (खस आर्य) ईश्वर रिजाल, उपाध्यक्ष (आदिवासी जनजाती) टेकबहादुर बाठामगर, उपाध्यक्ष (दलित) दुर्गा सोब, उपाध्यक्ष (महिला) मानुषी यमी भट्टराई, उपाध्यक्ष (मधेशी) उमेश शाह, महासचिव (खुला) सोनाम सिंह स्याङ्तान, सचिव (खुला) लक्ष्मण कार्की, सचिव (खुला) भरतराज दाहाल, सचिव (महिला) आसाकुमारी तामाङ, कोषाध्यक्ष हरि रिजाल निर्वाचित भएका छन् ।
नेसपाको पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो । महिला उपाध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका थिए भए पनि माघ २९ गते राति अबेर अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि मतदान सकिएको थियो । बुधबारदेखि मतगणना सुरु भई बिहीबार सकिएको हो ।