माओवादी जिरी नगरकमिटीको अध्यक्षमा पुनः शेर्पा

नेकपामा माओवादी केन्द्र जिरी नगर कमिटीको अध्यक्षमा पुनः कर्मा शेर्पा निर्वाचित भएका छन् । फागुन १ गते सम्पन्न सम्मेलनबाट शेर्पाको नेतृत्वमा ५८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

नगरको इन्चार्जमा साङ्गे शेर्पा चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा कृष्णकुमार खत्री, अम्बर जिरेल, नीरकुमार कार्की र रुपलाल लकान्द्री र सचिवमा खेटराज घिमिरे चयन भएका छन् । सम्मेलनले कोषाध्यक्षमा रोमकुमारी समाल जिरेल, सहसचिवहरुमा दातेम्बा शेर्पा, दिनेश पाख्रिन र सुशा जिरेल चयन भएका छन् ।

सम्मेलन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

SHARE