टीकापुर साहित्य महोत्सवुको दोस्रो संस्करण ‘पहलमानसिंह स्वाँर’ विशेष हुने

‘टीकापुर साहित्य महोत्सव’को दोस्रो संस्करण यही फागुन २४ देखि २६ गतेसम्म आयोजना हुने भएको छ। दोस्रो संस्करण नेपालका प्रथम नाटककार तथा सुदूरपश्चिमका राष्ट्रिय गौरव पहलमानसिंह स्वाँर विशेष हुने आयोजकले जनाएको छ ।

‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’ नाम दिइएको महोत्सव लेखक तथा अध्येता हरि शर्माको प्रवचनबाट थालनी हुने बताइएको छ । त्यस्तै पहिलोपटक साहित्यकार अभि सुवेदी महोत्सवमा छलफलका लागि पुग्नेछन् ।

महोत्सवमा २१ बहस सत्रहरू रहने छन् । आख्यान, गैरआख्यान तथा नेपाली साहित्यको समालोचनालगायतका विषयमा छलफल हुनेछन् ।

दोस्रो संस्करण ‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’ भएकोले अग्रज साहित्यकार पहलमानसिंह स्वाँरका सम्बन्धमा पनि विशेष प्रस्तुति तथा छलफल हुने आयोजकको भनाइ छ ।

SHARE