न्यूनतम पारिश्रमिक नदिने संस्थाहरूलाई कारबाही गरिन्छ : प्रधानमन्त्री ओली

फाइल तस्बिर ।

न्यूनतम पारिश्रमिक नदिने अस्पताल तथा संस्थाहरुलाई कारबाहीको दायरामा ल्याइने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नर्सहरुले निजी अस्पतालमा न्यूनतम पारिश्रमिक भन्दा कम रकममा काम गरिरहनु परेको गुनासो आफूले सुनेको भन्दै त्यस्तो कार्य दण्डनीय भएको बताएका हुन् ।

मंगलबार ट्रेड युनियन आन्दोलनको ७८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्यूनतम पारिश्रमिक भन्दा तलको पारिश्रमिक दिएर काममा लगाउन नपाइने र लगाएको पाए कारबाही गर्ने चेतावनी दिएका हुन्।

‘अहिले पनि न्यूनतम ज्यालाका लागि लड्नुपरेको छ। अहिले पनि कतिपय गैरसरकारी हस्पिटलहरूमा म सुन्छु। हो कि होइन मैले अध्ययन गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘खुद नर्सहरूले पनि न्यूनतम स्यालरी बराबरको रकम पाइरहेका छैनन्। यस्तो सुनेको छु। त्यस्तो हो भने उनीहरू पनि श्रमिक हुन्। उनीहरू पनि काम गर्दछन्। उनीहरू श्रमजीवीभन्दा फरक होइनन्। यो न्यूनतम पारिश्रमिकभन्दा तलको पारिश्रमिक दिएर काममा लगाउन कतै पनि पाइँदैन। यो दण्डनीय कानून लाग्ने विषय बनाउनु पर्दछ।’

प्रधानमन्त्री ओलीले रोजगारी र रोजगारीका अवसर उपलब्ध गराउने बाटो उद्यमशीलता र व्यावसायिकता भएको बताए।

रोजगारीका अवसर उद्यमशीलताबाट सिर्जना गर्न सकिने बताए।

SHARE