कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने सरकारको अन्तिम तयारी !

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने अन्तिम तयारी गरेको छ । यसअघि तीनपटक मन्त्रीस्तरीय निर्णयबाट उनलाई स्पष्टीकरण सोधिएकोमा पछिल्लोपटक भने मन्त्रिपरिषद्ले नै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

आगामी साउन पहिलो साता पदावधि सकिने भए पनि सरकार उनलाई त्यसअघि नै पदबाट हटाउने तयारीमा लागेको हो । मन्त्रिपरिषद्ले उनलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यसअघि मन्त्रीले सोधेको स्पष्टीकरणमा कुलमानले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले मन्त्रीलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको जवाफ दिने गरेका थिए । अब भने मन्त्रिपरिषद्ले नै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यसअघि सरकारले उनलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको थियो ।

SHARE