पालिका अध्यक्ष सबै जनताको साझा हो, त्यसैले निर्वाचित भएपछि पार्टीबाट राजीनामा दिएँ : डिबी लामा (भिडियो)

काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका स्थापनापछि वि.सं. २०७४ वैशाखमा भएको पहिलो चुनावबाट अध्यक्षमा डिबी मोक्तान निर्वाचित भए । उनले निर्वाचित भएसँगै आफूलाई टिकट दिने पार्टी नेपाली कांग्रेसबाट राजीनामा दिए । ‘राजनीतिक प्रतिस्पर्धाका लागि पार्टी जुनसुकै हुन्छ तर कुनै कार्यकारी पदमा पुगेपछि उक्त व्यक्ति जनता सबैको साझा हुन्छ’ भन्ने मान्यताका कारण आफूले राजीनामा दिएको उनी बताउँछन् । उनले आफूले मात्र आफू आवद्ध दलबाट राजीनामा दिएका थिएनन्, अरू २० जना कार्यपालिका सदस्यहरूले पनि राजीनामा दिएका थिए । ‘हामी निर्वाचितहरूले अब ‘रोशी दल’को सेवा गर्नुपर्छ भनेर माइन्यूट उठाएर राजीनामा दिर्यौँ’, उनी भन्छन् । उनै मोक्तानसँग खुल्लापत्रका लागि हिरोज लोप्चनले केही समयअघि कुराकानी गरेका थिए । सोही कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :


 

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
घरमा आमा हुनुहुन्छ । आमासँगै समय बिताउँछु ।

जनताको विश्वासको मतलाई पाँच वर्षमा कसरी प्रयोग गर्नुभयो ?
मेरो त एक कार्यकाल सकिसक्यो । हामी यो देशको नयाँ कानुन, नयाँ संविधान, नयाँ सङ्घीयताको नयाँ अभ्यास । त्यही क्रममा निर्वाचनमा उठ्ने मौका पार्टीबाट दिनुभयो । उठ्यौँ । जनताले विश्वास गरेर मत दिनुभयो काम पनि सुरु गरियो । अहिले म यहाँ बसेर यसरी काम गरेँ भनेर भन्नु असान्र्दभिक होला, जे जति गर्न सकेँ गरेँ । जनताले मूल्याङ्कन गर्नुभएको छ ।

यहाँले गरेको कामलाई त भन्न पाइयो नि ?
जति गरेँ धेरै गरेँ । म यो भन्छु कि पहिलो जननिर्वाचित जनप्रतिधिहरूलाई केही गरेन होइन कि धेरै ग¥यो भन्छु किनभने नयाँ कानुन कार्यान्वयनको चरणमा थियौं । पुरानो कानुन जुन एउटा समाजको कथा भइसकेको थियो । नयाँ जुन परिकल्पना गरेर त्यसलाई कार्यान्वयनको चरणमा हुँदा खेरी त्यो पुरानो प्रथालाई अन्त्य गरेर नयाँ किसिमले अगाडि जानुपर्ने द्वन्द्व प्रभावित क्षेत्र खासगरी सिङ्गो देश नै प्रभावित थियो त्यही पनि हाम्रो काभ्रेको रोशी गाउँपालिका खासगरी निकै नै द्वन्द्व प्रभावित क्षेत्र हो । मेरो गाउँपालिकामा साविकको १० वटा गाविसलाई १२ वटा वडामा परिणत गरेका थियौँ । त्यहाँ कुनै पनि संरचना थिएन । न स्वास्थ्य संस्था, न वडा कार्यालय ! तत्कालिन गा.वि.स.को सचिवहरू सबै जिल्ला विकास समितिमा बस्नुहुन्थ्यो । गाउँमा सरकारी संरचनाहरू थिएनन् । जिल्ला सदरमुकाममा बसेका सचिवलाई त्यहाँसम्म लानलाई चुनौती थियो । त्यहाँ लगेर पनि कहाँ राख्ने र हामी स्वयम् पनि निर्वाचित भएर जानेबेलामा बस्ने ठाउँ थिएन । हामीले पहिलो सभा नै कुनै विद्यालयमा गरेका थियौँ । त्यो अवस्थादेखि बस्ने ठाउँको व्यवस्थाका कुरा भए, त्यसबाहेकका जुन हामीले आफूले काम कारबाही गर्ने वेलामा कानुन निर्माण गर्नुपर्छ र काम गर्नुपर्छ भन्ने पनि थाहा थिएन । त्यो बिचमा अग्रजहरूलाई थाहा होला तर हामीलाई चाहिँ खासै थाहा थिएन ।

चुनावमा उठियो जितियो । अब त हजुर भनेर मज्जाले बसौँ भनेर सोचेका थियौँ । तर आफूले कार्य सम्पादन गर्नका लागि कानुनहरू निर्माण गर्दै पास गर्दै जानुपर्ने रहेछ त्यसरी हामीले धेरै कानुनहरू बनायौं तर कानुन बनाउने सवालमा पनि हामीलार्ई कार्यविधिबाट सञ्चालन गर्ने सङ्घीयताको सुरुवातबाटै जुन तीन तहको सरकार– स्थानीय सरकार, प्रदेश सरकार सङ्घीय सरकार । वैशाखमा चुनाव भएको असारमा त हामीले बजेट पनि दिनुपर्ने थियो । अब हामीले कार्यविधि बनाउँदा पनि सङ्घ र प्रदेशसँग बाझिन हुँदैन थियो । सङ्घ र प्रदेशको चुनाव भएको नै छैन कस्तो बन्ने हो न बाझिने हो ? ७५३ पालिकामध्ये कतिपयको भवन आफ्नो थियो । कतिपयको थिएन । कानुन एउटै हो– स्थानीय तह सञ्चालनको । त्यसैले कसैले केही गरेन त्यतिकै गयो चाहिँ म भन्दिनँ । सबैले धेरै गरेको हो । त्यो अनुरूप मैले मेरो गाउँ, भूगोल अनुसार त्यहाँको जनताको आवाजअनुसार खोजेको जस्तो ठ्याक्कै त नहोला यी यावत विषयदेखि लिएर कामहरू गरियो म मुल्याङ्कन गर्ने जिम्मा पनि उहाँहरूलाई नै दिन्छु ।

तपाईं नेपाली काङ्ग्रेसबाट निर्वाचित हुनुभयो निर्वाचित भएपछि तपाईंले पार्टीबाट राजीनामा दिनुभयो । ‘अब रोशी दल हौँ’ भन्नुभयो । यसको उद्देश्य चाहिँ खास के हो ?
तत् अवस्थामा रोशी गाउँपालिकामा मेरो पार्टीले टिकट दियो । त्यहीँ जगमा बसेर निर्वाचित भएँ । म पार्टीप्रति आभारी छु पार्टीलाई म कहिले भुल्दिनँ । बाँकी मतदान गर्नुहुने जनताप्रति त मेरो जीवन रहेसम्म ऋणी नै हुने भएँ ।

मैले बुझेको राजनीति के हो भने हामी राजनीतिक प्रतिस्पर्धा गरिरहँदा कार्यकारी पदमा जो मान्छे पुग्छ त्यो सबैको साझा हुनुपर्दछ । त्यो एउटा पार्टीको मात्र होइन सबैको साझा हुनुपर्छ भन्ने मान्यता मेरो हिजो पनि थियो निर्वाचित भइसकेपछि पनि सोही मान्यता रह्यो, आज पनि त्यहीँ मान्यतामा अडिग छु । त्यसैले मसँगै निर्वाचित २० कार्यपालिका सदस्यहरूले पनि पहिलो बैठकमा नै यो निर्णय गरेका थियौँ— हामी सबैले आ–आफ्नो राजनीतिक पार्टीको एजेन्डा जस्तो बोके पनि अन्ततः काम गर्ने जनताको लागि हो । त्यसैले साथीहरू आजबाट हामी आवद्घ पार्टीहरू परित्याग गरेर ‘रोशी दल’को रूपमा एक भई दिऔँ भनेर माइन्यूट उठाएका थियौँ, र दृढ सङ्कल्पसहित निर्णय गरेका थियौँ ।

पार्टीका लागि त घाटा होला नि यो निर्णय ? कार्यकाल सकिएपछि पनि ‘न्यूट्रल नै बस्नुभएको छ नि ?
पहिला त म ठिक हुनुपर्‍यो । दोस्रो कुरा मेरो घर ठिक हुनुप¥यो । मैले हालसम्मको लागि काम नगर्ने केही समयको लागि मात्रै पार्टीमा सक्रिय नहुने भनेको मात्रै हो ।

के राजनीतिक दलहरू ठिक छैनन् त्यसो भए ?
मेरो के ल्याकत छ र देशको सबैभन्दा ठुलो पार्टी नेपाली काङ्ग्रेस अगाडि जन्मेका त्यसपछि नेकपा एमाले, सशस्त्र सङ्घर्ष, गणतन्त्र सङ्घीयतासहित जनआन्दोलनको जगमा बसेका नेकपा माओवादी केन्द्र, अन्य पार्टीको त कुरै नगरौँ अहिले यी तीन पार्टीलाई कसरी म ठिक छैन भन्छु बहुत ठिक छ यो देशको हरेक परिवर्तनको कालखण्डमा यो तिनै वटा पार्टीले धेरै भूमिका निभाएका छन् । त्यसैले म बेठिक छ भन्न सक्दिनँ । तर पार्टीका पात्रहरू सबै ठिक छन्, त्यो भन्न सक्दिनँ । पार्टी ठिक छ पार्टीको उद्देश्य ठिक छ, तर पार्टीभित्र रहेका व्यक्तिहरू एउटा पार्टीमा मात्र होइन हरेक पार्टीमा त्यही किसिमका व्यक्तिहरू छन् ।

हामी राजनीति पेसाका लागि गरेका छैनौँ, सेवाको लागि गरेका हौँ । आज मलाई पनि त्यही आरोप छ, यति भष्ट्राचार ग¥यो उति भष्ट्राचार ग¥यो भनेर । दुई अर्ब ६९ करोड भष्ट्राचार ग¥यो भनेर मविरुद्ध अख्तियारमा निवेदन नपरेको होइन । मेरो कार्यकालभर त्यति बजेट नै आएको छैन । म निर्वाचित भएर पहिलो वर्षमा ७८ करोड भष्ट्राचार ग¥यो भनेर राष्ट्रिय सतर्कता केन्द्रमा पुगेको थियो । यस्ता आरोपहरू आएको बजेटभन्दा बढी हुँदा म आफै अचम्मित छु । तर विचलित छैन ।

दोस्रो कार्यकालको लागि चाहिँ किन टिकट लिनुभएन ? जनताले अनुमोदन गर्दैन भन्ने डर थियो ?
डर थिएन । पहिलो त म आवद्ध भएको पार्टीले पत्याएन । पार्टीको मूल्याङ्कन गर्ने तरिका के होला पत्याएन । कार्यकारी पदमा पुगेपछि मैले राजीनामा गरेको थिएँ । राष्ट्रपति जसरी सबैको साझा हुन्छ, त्यसरी नै मैले पनि राजीनामा मात्र गरेको थिएँ । पार्टीबाट अलग त थिइनँ । तर पार्टीको मुल्याङ्कन गर्ने विधि के हो त्यो मलाई पनि थाहा भएन । मलाई पद चाहिएको थिएन । मैले गरेको कामको गलत भए तेरो यो गलत भयो भनेर पनि भनिएको छैन । आज म अन्यौलमा छु– मैले सबैको जनताको साझा हुँ भन्दा अपराध पो भयो कि ? म बहिष्कृत हुनुप¥यो । म सोचिरहेको छु मेरो नेताहरूबाट यसको जवाफ पनि पाउन सकिएको छैन । न मलाई गल्ती गरिस् भनियो, न राम्रो गरिस् स्याबास भनियो । केही भनिएन । त्यो पनि दोस्रो पटक उम्मेदवारी नदिनुको कारण हो ।

पाँच वर्षमा आएको बजेटमा तपाईं कतिको सन्तुष्ट हुनुहुन्थ्यो ?
केन्द्र सरकारले हामीलाई लिड गर्ने हो । सबै पालिकालाई समान व्यवहार गर्ने भन्ने मेरो बुझाई हो । अहिले वित्तीय आयोगले गरेको कामको मूल्याङ्कन हुन्छ हाम्रो पालामा त्यो थिएन संसदज्यूहरू बसेर कहाँ राम्रो काम गरेको थियो होइन कहाँ हाम्रो मान्छे छ भनेर काम गर्नुभयो । हामीले यति हेला खेप्नुपर्‍यो कि हाम्रो कार्यकालको १३–१४ महिनापछि चाहिँ सिस्टममा आयो । सुरुमा हाम्रो पालिकालाई धेरै बेवास्ता गरेको महसुस भयो ।

मैले भन्न मिल्ने वा नमिल्ने हो मेरो तत्कालिन सङ्घीय संसदज्यूले त ‘ममाथि मुहानमा बसिरहेको छु तिमी तल बसेका छौ । मुहान बन्द गर्न नपरोस्’ भनेर सार्वजनिक कार्यक्रममा नै धम्की दिनुभयो । यसबाट नै प्रष्ट हुन्छ कि म कति खुसी छु या दुःखी छु ।

तपाईंको कार्यकालमा देखिने गरी ऐतिहासिक कामहरू के के भए ?
रोशी र देशलाई नै चिनाउने काम भनेको डम्फु जिवन्त सङग्रहालय बन्यो । तामाङ समुदायको पहिचानका रूपमा निर्माण भयो त्यो । त्यो देशकै पहिचान हो । खहरे पागुमा अस्पताल निर्माण भयो । अरू पनि काम भएका छन् । आफ्नो गाउँठाउँ र त्यहाँको भूगोल त्यहाँको समुदायलाई लक्षित गरेर हेरक जातजाति, भाषा, धर्म र संस्कृति कसैलाई नमर्ने गरेर जीवन्त होस् भनेर काम गर्ने प्रयास गरेँ । सफल कति भएँ जनताले मूल्याङ्कन गर्नुहुन्छ ।

SHARE