हाम्रो इतिहासमा गर्व गर्न लायक शङ्खधर साख्वालाई नसम्झिरहन सकिँदैन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शंखधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति भएको बताएका छन्।

नेपाल संवत् ११४४ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सामाजिक न्याय भन्दै गर्दा हाम्रो इतिहासमा गर्व गर्न लायक शङ्खधर साख्वालाई नसम्झिरहन सकिँदैन, उहाँलाई हामीले राष्ट्रिय विभूति पनि घोषणा गरिसकेका छौं। उहाँले तत्कालीन समयमा ऋणमोचन गर्ने कामको नेतृत्व गरेर इतिहासमा कीर्तिमान कायम गर्ने काम गर्नुभयो। उहाँको त्यो अभियानसँगै नेपाल संवत् जोडिएको छ।‘

प्रधानमन्त्रीले दाहालले विगतमा नेपाल संवत् ‘नेवार समुदायको मात्रै हो’ भन्ने गलत भ्रम  रहेको  चर्चा गर्दै विगतका यस्ता भ्रमलाई अन्त्य गर्नुपर्छ भने। नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा घोषणा गरिनुपर्छ भन्ने आवाज धेरैतिरबाट उठेको र नेपालीको आफ्नै मौलिक संवत् नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा घोषणामा मात्रै सीमित नराखी सरकारी निर्णयमा पनि विक्रम संवत्सँगै नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय मन्त्रिपरिषद्बाट गर्न पाउँदा आफूलाई गर्वको महसुस भएको उनले बताए।

SHARE