पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन

वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । आइतबार बेलुकी उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

रिसालको पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन अस्पतालमा आइतबार बेलुकी ८ बजे निधन भएको हो ।

पत्रकार रिसालको पार्थिव शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान गरिने उनका भाइ पुरु रिसालले जानकारी दिएका छन् । रिसालको चाहनाअनुसार शरीर अस्पताललाई दिइने छ ।

त्यस्तै उनको अन्त्येष्टिका कार्यक्रम पनि नगरिने रिसालले बताए ।

SHARE