ओखल्ढुङ्गा कला–साहित्य समाजको ८औं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन सम्पन्न

ओखल्ढुङ्गा । बिशुद्ध कलाकार र साहित्यकारहरूको साझा मञ्चको रूपमा स्थापित ओखल्ढुङ्गा कला–साहित्य समाजले आफ्नो ८औं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ।

ओखल्ढुङ्गा कला र साहित्यको उर्वर जिल्ला भनेर चिनिने भएकाले यस क्षेत्रका सर्जकहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले यो संस्था २०७५ सालमा स्थापना गरिएको हो। यसले स्थापना कालदेखि नै साहित्य, कला, संगीत, नाटक, कविता तथा सांस्कृतिक अभिव्यक्तिलाई प्रवर्द्धन गर्दै आएको छ।

असोज ४ गते सम्पन्न अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ। अध्यक्षमा गोपाल बिस्वकर्मा सेन्चुरी,उपाध्यक्ष सुजन राई (रोकेमी), जितेन्द्र बानियाँ, निरुता सेन्चुरी,महासचिव जीवन बोम्जन तामाङ,सचिव मनिषा खड्का,कोषाध्यक्ष सुस्मिता कटुवाल,सह-कोषाध्यक्ष दीप गजेर,सदस्यहरू पूर्ण बिक, सन्दिप कुमार तामाङ, गीता सेन्चुरी, दीपराज श्रेष्ठ, अनिशा खड्का, सुशिला बोगटी, छवि बिसी चयन भएका छन्

संस्थाले विगत आठ वर्षमा कविता गोष्ठी, कथा वाचन, नाटक प्रस्तुति, पुस्तक विमोचनदेखि लिएर कला प्रदर्शनीसम्मका कार्यक्रम गर्दै ओखल्ढुङ्गालाई कला–साहित्यको केन्द्रका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। अधिवेशनमा सहभागी कलाकार तथा साहित्यकारहरूले नयाँ नेतृत्वप्रति शुभकामना दिँदै आगामी दिनमा समाजले अझै व्यापक स्तरमा काम गर्ने अपेक्षा व्यक्त गरेका छन्।

नवनिर्वाचित अध्यक्ष गोपाल बिस्वकर्मा सेन्चुरीले भने,“ओखल्ढुङ्गा कला–साहित्य समाज कुनै पनि व्यक्ति वा समूहको नभई सम्पूर्ण कलाकार र साहित्यकारको साझा थलो हो। हामीले कला र साहित्यलाई संस्थागत गर्दै राष्ट्रिय स्तरसम्म ओखल्ढुङ्गाको नाम चिनाउन निरन्तर लाग्नेछौं।”

SHARE