छेटुप लामाको नयाँ सेलो गीत ‘ल्हासामा सुन छ’ सार्वजनिक

छेटुप लामा मोक्तानले ‘ल्हासामा सुन छ’ गीत ल्याएका छन् । उनले आफ्नै अफिसियल यूट्युब च्यानलमार्फत् म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गीत मोक्तानसँगै करप रुम्बाले लेखेका हुन् । गीतमा दुवै जनाको आवाज रहेको छ । सङ्गीत भने मोक्तानले भरेका हुन् ।

गीतको सङ्गीत संयोजन पवन वाङ लामाले गरेका हुन् भने मिक्सिङ दिपेश प्रधानले गरेका छन् ।

म्यूजिक भिडियोमा कुमार मोक्तान, प्रतिक ङेसुर र अम्बिका तामाङको अभिनय रहेको छ ।

भिडियोको कोरियोग्राफी प्रतिक ङेसुरले गरेका हुन् ।

SHARE