पश्चिमी वायूको प्रभाव जारी, केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। नेपालमा हाल पश्चिमी वायू र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बंगालको खाडीबाट आएको मोन्था चक्रवात भने कमजोर बन्दै गएको महाशाखाको विवरणमा उल्लेख छ।

आज आइतबार देशभर आंशिकदेखि साधारण बदली रही बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा छिटपुट वर्षा भएको छ।

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भू-भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ भने बाँकी प्रदेशहरूमा मौसम मुख्यतः सफा रहनेछ।

राति पनि यी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले यात्रु र किसानहरूलाई मौसम अनुसार सतर्कता अपनाउन सुझाव दिएको छ।

SHARE