खोटाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सदरमुकाम दिक्तेलदेखि केपिलासगढी गाउँपालिकाको बाक्सिला जाँदै गरेको बोलेरो आज बिहान दिक्तेल रुपाकोट मझुवागढी ११, खार्मीमामा दुर्घटना भएको हो ।
दुर्घटनामा एक जना महिलाको मृत्यु भएको खोटाङ जिल्ला प्रहरीले जानकारी दिएको छ ।
मृतक महिलाको पोस्ट मार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ ।
बोलेरोमा चालकसहित १० जना सवार रहेको प्रहरीको भनाइ छ ।
थप विवरण आउन बाँकी छ ।










