नयाँ शक्ति, प्रगतिशील अभियान र परियार समूह एकीकृत, मंसिर ७ मा बृहत् एकता घोषणा

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार समूहबीच नयाँ एकीकृत पार्टी गठन गर्ने पाँचबुँदे सहमति भएको छ। नेसपा संयोजक दुर्गा सोब, अभियानका सुदन किराँती र रास्वपा त्यागेर आएका परियारबीच भएको सहमति अनुसार मंसिर ७ गते बृहत् एकता घोषणा गरिनेछ।

नेता किराँतीका अनुसार नयाँ पार्टी सामूहिक नेतृत्व र सामूहिक नीतिको मोडेलमा अघि बढ्नेछ। बाबुराम भट्टराई, जनार्दन शर्मालगायत नेताहरू अभिभावक भूमिकामा मात्र रहने र कार्यकारी समितिमा नरहने स्पष्ट गरिएको छ।

पार्टी चुनावमा जाने तयारीसहित नाम र चुनाव चिह्न समेत एकै राख्ने निर्णय भएको किराँतीले बताए। उनका अनुसार देशभक्त, लोकतान्त्रिक र वामपन्थी नयाँ शक्तिलाई एक ठाउँमा ल्याई पुरानो राजनीतिक हैकमवाद, भ्रष्टाचार र नातावादको विकल्प निर्माण गर्नेमुख्य लक्ष्य हुनेछ।