काठमाडौं । गायक अबिज लामाको स्वरमा ‘हेउ पर्यो हिमाली भेगैमा’ सार्वजनिक गरिएको छ। गीतमा अमिर दोङ र अम्बिका तामाङको आकर्षक अभिनय रहेका छन्।
सुशन लामाद्वारा लेखन तथा संगीतबद्ध गीतलाई फनिन्द्र रायले एरेन्ज गरेका हुन् भने अर्पण थिङले मिक्सिङ गरेका छन्। अर्पण स्टुडियोमा रेकर्ड गरिएको गीतमा युवराज लामा र बुद्ध लामा अतिथि कलाकारको रुपमा अभिनय गरेका छन्।
गीतको छायाकन पेमा वाइवा लेगरेका छन् भने सम्पादन तथा कलर त्रिलोक लामाले गरेका छन्। कुइसाङ रुम्बाको उत्पादन व्यवस्थापक रहेको यो भिडियोको पोस्ट–प्रोडक्सन नि प्रोडक्सन हाउसले सम्पन्न गरेको हो। कथा तथा निर्देशन सुशन लामाकै रहेको भिडियोले हिमाली सौन्दर्य र प्रेमभावना प्रस्तुत गरेका छन्।










