दोलखा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखाका नेता विशाल खड्काले मनोनयन दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खड्काले आवश्यक कागजातसहित उम्मेदवारी दर्ता गराएका हुन्। मनोनयन दर्तापछि उनले दोलखाको समग्र विकास, सुशासन र जनताको अधिकारका पक्षमा आफू चुनावी मैदानमा उत्रिएको बताए।
खड्का लामो समयदेखि दोलखाको राजनीतिमा सक्रिय रहँदै आएका छन्। मनोनयन दर्ताका अवसरमा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। निर्वाचन आयोगको कार्यतालिकाअनुसार आगामी दिनमा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन तथा चुनावी प्रचारप्रसारका कार्यक्रम अघि बढ्नेछन्।










