मकर योञ्जनको ‘मेरो देश बचाउनुछ ’मा किसानका पीडा, युवाका बाध्यता र वैदेशिक रोजगारीका आयामको कथा

गायक मकर योञ्जनको  ‘मेरो देश बचाउनुछ ’ बोलको देश भक्ति गीत सार्वजनिक गरिएको छ । देशको प्रेमभावमा मकर योञ्जन स्वयंले शब्द रचना गरेको यो गीतमा संगीत पनि उनले र अनिश योञ्जनले भरेका छन्  भने एरेन्ज सुन्दर लामाले गरेका छन् ।

गीतको भिडियोमा देशको माटोमा बसेर मेहनती गर्ने पौरखी किसान, शिक्षामा परिवर्तन,नेतृत्व परिवर्तन हुनुपर्छ जस्ता कथालाई उनिएको छ । जसमा अभि लामा,मकर योञ्जन,अनिता गोले,कुइसाङ रुम्बा लगाएतका कलाकारले अभिनय गरेका छन् । अभि लामाले निर्देशन गरेको  गीतको भिडियोमा दक्षिना लामाले कोरीयोग्राफि गरेका छन् ।

भिडियोमा किसानका पीडा, युवाका बाध्यता र वैदेशिक रोजगारीका आयामलाई समेत चित्रण गरिएको छ ।

भिडियोलाई सुर्य लामाले खिचेका हुन् भने सुर्य लामाले नै सम्पादन तथा कलर संयोजन गरेका छन् । गीतलाई ‘मकर योञ्जन अफिसियल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

SHARE