ससफो मकवानपुर र चितवनले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गर्‍यो

२९ फाल्गुन २०७४ मकवानपुर संघीय समाजवादि फोरम मकवानपुर , चितवन र नवलपुरले संघीय समाजवादी फोरम मकवानपुर जिल्ला कार्यसमितिका अध्यक्ष श्री शुभ रत्न गोले तामाङको संयोजकत्वमा प्रदेश नम्बर २ मा निर्वाचीत संघीय समाजवादी फोरमको मुख्यमन्त्री लाल बाबू राउत गृहमन्त्री ग्यानेद्र यावद लगाएत लाई हार्दिक बधाई सहित फुलको गुच्छा खादा र ताम्सालिङको टोपी लगाएर सम्मान सहित शुभकामना व्यक्त गरेको छ संघीय समाजवादी फोरम नेपालको नीति अन्तरगत रहेर आत्मिय सद्भाव तथा भावनात्मक एकता धार्मिक, सांस्कृतिक र भौगोलिक सहिष्णुता लाई बनाउनको लागि हिमाल , पहाड , तराई कोहि छैन पराइ भन्ने मुल नाराको साथ सद्भाव तथा बधाई कार्यक्रममा ससफो मकवानपुरका अध्यक्ष शुभ रत्न गोले उपाध्यक्ष कुसुम नंया बानिया , ससफो केन्द्रिय पार्सद सदस्य विश्व आले मगर जिल्ला सदस्य ॐ घिसिङ , जिल्ला सदस्य प्यार सिह योन्जन , देवराज स्याङ्तान , सुबोध घलान , कमान सिह गोले तथा चितवन बाट ससफो चितवनका अध्यक्ष प्रेम भुजेल , जिल्ला सचीव बिमला मगर युवा अध्यक्ष राकेश साह र नवलपुर बाट ससफो महिला केन्द्रिय सदस्य तथा प्रदेश नम्बर ४ को ससफो प्रदेश सदस्य सुस्मीता थापा हुनुहुन्थ्यो ।

अत्यन्त सौहार्द पुर्ण रुपमा अगाडी बडेको कार्यक्रम यात्रा लामो भएपनी सहज रुपमा सम्पन्न भएको र हाम्रो सद्भाव र सम्मान बधाई कार्यक्रम लाई सहर्ष सुइकारी समय मिलाउनु भएकोमा धनुषा जिल्ला अध्यक्ष रत्नस्वर महतो र जिल्ला सदस्य मनु माया तामाङ प्रती आभार व्यक्त गर्दछौं र जनकपुर बाट फर्के पछि पार्टीको निर्धारित कार्यक्रम अनुसार नै बिरगंजमा पुगेर पुर्व मन्त्री तथा प्रदेश नम्बर २ को प्रदेश साम्सद तथा बिधायिका माननीय करिमा बेगम र वडा अध्यक्ष लाई भेटेर बधाई तथा शुभकामना दिने कार्यक्रमले हिमाल , पहाड र मधेसको सम्बन्ध अझ प्रगाढ हुने मकवानपुर जिल्ला अध्यक्ष ले बताउनु भयो र यात्रा आरामदायी रहेको यात्राभर एकदम रमाइलो गर्दै यात्रा लाई सहज बनाइदिने सम्पुर्ण लाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम मकवानपुर जिल्ला ससफो पार्टी कार्यलयमा आएर टुंगीएको थियो ।

SHARE