भोगीराज चाम्लिङ हलेसी तुवाचुङ नगरपालिका नगर योजना आयोग उपाध्यक्षमा नियुक्त

 

हलेसी तुवाचुङ नगरपालिका नगर योजना आयोग २०७९ को दफा ३ को उपदफा (ख) बमोजिम उपाध्यक्षमा चाम्लिङलाई नियुक्त गरिएको हो। हलेसी तुवाचुङ नगरपालिका सांस्कृतिक तथा ऐतिहासिक नगर हो।

उल्लिखित विधाका जानकार भएकाले चाम्लिङलाई नगर योजना आयोग उपाध्यक्षमा नियुक्त गरिएको हो । नगरको सांस्कृतिक र ऐतिहासिक पाटोलाई केन्द्रमा राखेर समग्र विकासको ‘मोडालिटी’ तयार पार्ने प्रतिबद्धता नवनियुक्त चाम्लिङले गरेका छन्। चाम्लिङ मुन्दुम अध्येता पनि हुन्।

SHARE