जिम्बा फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण गरेको तामाङ भाषाको चलचित्र ‘ह्याङ तामाङ’ मा समाबेश ‘मेन्दो ह्राङ लासी’ बोलको गीत सनिवार सार्वजनिक गरिएको छ । ‘मेन्दो ह्राङ लासी’ चलचित्रको पहिलो गीत हुन् ।
सार्वजनीक गीतको शब्द र संगीत निमा लामा तामाङले गरेका हुन् भने स्वर समर तामाङ बबिता पाख्रिनको रहेको छ । माया प्रेम भावको गीतको भिडियोमा निर्मला मोक्तान र सिताराम गोलेको अभिनय देख्न सकिन्छ ।
फिल्ममा जय स्यङ्तान,अभि लामा,सिताराम गोले,अनिता गोले,कल्पना वाईवा,निर्मला मोक्तान,प्रबल थिङ,पुजा लामा राजकुमार स्याङ्तान,चन्द्रमाया दोङ,मंगल ग्याबा,आकाश मोक्तान,छबिलाल बोम्जन,मनिस रेश,मोहन भण्डारी,सुदिप राज बहकलगायतले अभिनय गरेका छन ।