लेटाङमा गोरू काटेको अभियोगमा ३ जना पक्राउ

शनिबार राति प्रहरीले लेटाङ नगरपालिका-६ सुकेचौरी बस्ने वर्ष ६१ का राम कुमार तमाङसहित ३ जनालाई गोरू काटेको अभियोगमा पक्राउ गरेको छ ।

तमाङको घरमा गोरु काटेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले गोरु काटी अन्दाजी ३५ केजी गोरुको मासु झोलामा प्याकिङ गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुलाई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

SHARE