नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ को आफ्नो दोस्रो खेलमा आज स्कटल्याण्डसँग खेल्दै छ ।
नेपाल र स्कटल्याण्डबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा दुबै टोलीले हार व्यहोरेका छन् । त्यसैले दुबै टोली पहिलो जित निकाल्ने लक्ष्यमा रहनेछन् ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग ५ विकेटको हार व्यहोरेको थियो । उक्त खेलमा नेपालको ब्याटिङ राम्रो हुन सकेको थिएन । त्यसैगरी स्कटल्याण्डले पनि पहिलो खेलमा बलियो टोली अस्ट्रेलियासँग ९ विकेटको हार व्यहोरेको थियो ।
सोमबार स्कटल्याण्डसँग खेल्दै गर्दा नेपालको नजर सुपर सिक्समा रहनेछ । स्कटल्याण्डलाई हराए नेपाल सुपर सिक्समा पुग्न बलियो सम्भावना रहनेछ । यही अवस्था स्कटल्याण्डका लागि पनि हुनेछ ।
सोमबार पनि ओभरकास्ट कन्डिशन हुने भएकाले यस खेलमा पनि टस जित्ने टिमले बलिङ रोज्दा फाइदा हुने देखिन्छ ।










