नेकपा (एमाले) को ५३ औं सचिवालय बैठक यही असार ११ गते बस्ने तयारी गरेको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले असार ११ गते बैठक बस्ने तयारी भइरहेको बताए। पार्टी महासचिव शंकर पोखरेल बेलायत र कतारका विभिन्न कार्यक्रममा सहभागी हुन त्यता गएकाले बैठक बस्न ढिलाइ भएको पनि उनले बताए।
पार्टी महासचिव पोखरेल जेठ २९ गते बेलायत प्रस्थान गरेका थिए। उनको १० दिनको भ्रमण तालिका छ।
अब बस्ने सचिवालय बैठकले विधान महाधिवेशनको तयारीबारे निर्णय गर्नेछ। एमालेको गत माघ ८ गते बसेको ४२ औं सचिवालय बैठकले भदौ २० देखि २२ गतेसम्म ललितपुर गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो।