अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न पुगेका तामाङ कलाकारसहितका २८ जना पक्राउ

प्रहरी कार्यालय घेराउ गर्न पुगेका तामाङ कलाकारसहितका २८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै टेकुस्थित जिल्ला प्रहरी परिसर घेराउ गर्न पुगेका थिए ।

तामाङ समुदायलाई होच्याएर अभिव्यक्ति दिएको भन्दै अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै नेपाल तामाङ घेदुङका तर्फबात कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए ।

SHARE