नेकपा एमालेको मधेस प्रदेश अधिवेशन सर्‍यो

नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ। आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो।

नेकपा (एमाले)को २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो।

मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको प्रदेश इन्चार्ज सचिव योगेश भट्टराईले जानकारी दिए।

SHARE