तामाङ चलचित्र संघ नेपाल कोशी प्रदेशको भिम तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन

धरान । तामाङ चलचित्र संघ नेपाल कोशी प्रदेशको सनिबार पहिलो साधारणसभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ । तामाङ चलचित्र संघ नेपाल कोशी प्रदेशको पहिलो साधारणसभा तथा पहिलो अधिवेशनबाट भिम तामाङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन्

तामाङ चलचित्र संघ नेपाल कोशी प्रदेशको प्रथम उपाध्यक्ष अनुप योन्जन ,दोस्रो उपाध्यक्ष मोहन लोप्चन, सचिव शान्ति लामा पाख्रिन,कोषाध्यक्ष स्मृति तामाङ भने सदस्यहरु बुद्धिमान तामाङ,रामजी तामाङ,मंगल सिं तामाङ,मान सिं तामाङ,हस्त पाख्रिन निर्वाचित भएका हुन् । साथै १ जना सदस्य पछि मनोनीत हुने गरेर कार्यक्रम सम्पन्न भएको तामाङ चलचित्र संघ नेपालका प्रवक्ता तथा केन्द्रिय सदस्य बुद्ध थिङ तामाङले बताए ।

उक्त अधिवेशन नेपाल तामाङ घेदुङ भवन धरानमा प्रमुख अतिथि तामाङ चलचित्र संघ नेपालका केन्द्रिय कार्यवाहक अध्यक्ष दिपक तामाङ,बिशिस्ट अतिथि तामाङ चलचित्र संघ नेपालका केन्द्रिय उपाध्यक्ष अमर लामा,कोशी घेदुङका अध्यक्ष रेख बहादुर तामाङ,नेपाल चलचित्र कर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधान,आदिवासी जनजाति चलचित्र महासंघका महासचिव सुमन योन्जन,सुनसरी घेदुङका उपाध्यक्ष हस्त पाख्रिन,इटहरी घेदुङका अध्यक्ष मोहन लोप्चन,धरान घेदुङका अध्यक्ष सम्फर तामाङ,सुनसरी घेदुङका सचिव मंगल सिं तामाङ,नेपाल तामाङ महिला घेदुङ धरानका अध्यक्ष गोमा तामाङ,नेपाल तामाङ युवा घेदुङ सुनसरीका अध्यक्ष प्रदिप तामाङ,नेपाल तामाङ संस्कृति घेदुङ सुनसरीका अध्यक्ष मान सिं तामाङ,याक्थुम चलचित्र कर्मि संघका केन्द्रीय सचिव उदय सुब्बा,कोषाध्यक्ष तेज म्याङ्वो,सुन्दर हरैचा नगर घेदुङका सचिव प्रकाश तामाङलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

SHARE