जिरी इमर्जेन्सी रिलिफ फाउन्डेसनद्वारा सुमन खत्रीलाई आर्थिक सहयोग

काठमान्डौं ।  जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले आर्थिक सहयोग गरेको छ ।

दुई वटा मृगौला फेल भैई बिगत २ बर्ष देखी उपचार गराई रहेको दोलखा जिरी – ७ निबासी बर्ष २४ को सुमन खत्रीलाई जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले उपचार गर्न नगद रु १० हजार आर्थिक सहयोग गरेको छ ।

सुमन खत्री बिगत लामो समय देखी बिरामी भैई हाल काठमान्डौंमा बसेर उपचार गराई रहेको  बताएका छन् ।

खत्रीको हाल मृगौला प्रत्यरोपन गर्नका लागी आर्थिक अवस्था कम्जोर हुदै गएकाले विरामीलाई थप राहातको लागी उपचार बापत आर्थीक सहयोग गरेको  नेकपा माओबादी केन्द्र जिरी नगर कमिटीका अध्यक्ष कर्मा शेर्पाले  बताए ।

जिरीबाट काठमान्डौं आएर समस्यामा परेका बिरामीहरुलाई आर्थिक सहयोग गदै आईरहेको जिरी ईमर्जेन्सी रिलिफ फाउन्डेसनले जनाएको छ ।

 

SHARE