प्रेस चौतारी नेपालले गरे : पत्रकार महासंघ बागमती प्रदेश कार्यालयमा तालाबन्दी

 सदस्यता शुद्धीकरण मापदण्ड अनुसार नभएको भन्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरिएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले सदस्यता शुद्धीकरण मापदण्ड विपरीत भएको भन्दै शनिबार हेटौँडा–११ स्थित महासंघ बागमती प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरेको हो ।

पत्रकार महासंघ केन्द्रीय समितिले शुक्रबार सार्वजनिक गरेको प्रदेश समितिको सदस्यता सिफारिस सूची प्रति प्रेस चौतारीले विरोध जनाउँदै तालाबन्दी गरेको हो ।  सदस्यता शुद्धीकरण समितिले प्रदेश समितिबाट प्राप्त सिफारिस भनी प्रकाशित गरेको नामावलीप्रति प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयमा तालाबन्दी गरिएको प्रेस चौतारी बागमती प्रदेश कमिटीका महासचिव  दाहालले जानकारी दिए ।

प्रेस चौतारी केन्द्रीय सदस्य हरि हुमागाईँ, बागमती प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष राधेश्याम खतिवडाको नेतृत्वमा महासंघको कार्यालयमा अनिश्चित कालका लागि तालाबन्दी गरिएको उनले बताए । प्रदेशबाट सिफारिस भएको नामावली क्रियाशील पत्रकारहरूलाई सदस्यताबाट वञ्चित गर्ने मनसाय रहेको रहेको भन्दै प्रदेश समितिको उक्त कार्य सच्याउन माग गरिएको छ ।

 

SHARE