ललितपुरका केही स्थानमा आज (माघ ४ गते, शुक्रबार) दिनभरजसो बिद्युत कटौती हुने भएको छ । विद्युत प्राधिकरणले सूचना जारी गर्दै खम्बा प्रतिस्थापन गर्नुपर्ने भएकाले बिजुली कटौती हुन लागेको जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार ललितपुरका इटी, महापाल, पाटन दरबार र बंगलामुखी क्षेत्रमा बिहान ९ः३० बजेदेखि अपराह्न ४ः०० बजेसम्म बिद्युत आउने छैन । त्यस्तै शङ्खमूल, पाटनढोका, मंगलबजार र छबाल क्षेत्रमा पनि बिद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।
यद्यपि खम्बा प्रतिस्थापनका कार्य तोकिएको समयअगावै सकिएमा बिद्युत अगाडि नै प्रवाह हुने पनि प्राधिकरणले जानकारी दिएको छ ।