बामपन्थी आन्दाेलन जिरीका एक नायक सोनाम शेर्पाको निधन

वि.स. २०१६ साल दोलखाको जिरी  ढुङ्गेमा जन्मनु भएका  सोनाम शेर्पा कलेजो रोग संग लड्दा लड्दै ६४ बर्षको उमेरमा निधन भएको छ ।
तत्कालिन पञ्चायती तानाशाही शासन व्यवस्था तथा समाजमा विद्यमान सामन्ती प्रथाकाे विरुद्धमा आफ्ना आवाजहरू बुलन्द गदै आन्दोलनका चरणमा विभिन्न मोर्चाहरु, बिद्यार्थी आन्दोलन हुँदै बामपंथी आन्दोलनको नेतृत्व गर्ने क्रममा  ४७ सालमा रौतहट जेलमा १८ महिना जेल जिबन बिताउनु भएको थियो ।
उहा एक असल प्रधानाध्यापक पनि हुनुहुन्थ्यो २०४६ साल वरिपरीको आन्दोलनबाट आङ्शिक उपलब्धि राज्यले देखेता पनि चित्त बुझ्दो लोकतान्त्रिक गणतन्त्र उहाको मनबाट हटेको थिएन ।
जनयुद्धमा एक छोरी याङ्डी शेर्पा सहिदको रुपमा योगदान गरेका सोनामको जनयुद्धताका ३ महिने तत्कालीन शाहिसेनाको चरम यातनाका साथ ब्यारेकको हिरासत समेत भोग्नु परेको थियो । प्रहरीको गिरफ्तार पछि बिएसी अध्य्यन पूरा गर्न नपाएका सोनाम माओवादी पार्टीका विभिन्न जनबर्गिए संगठनमा नेतृत्व र अभिभावकको भुमिका खेल्दै आएका थिए ।
वाहिरी मोर्चामा माले एमाले देखिएता पनि २०५२ सालको जनयुद्ध  शुरुवाती समय बाट नै माओवादी पाटीमा आबद्ध  भएको थियो । सोनाम शेर्पा जनसरकार प्रमुख समेत  भएको थियो ।  उहाँकाे निधनले  जिरी क्षेत्रले मात्र हाेईन सिङ्गाे दाेलखा जिल्ला तथा राष्ट्रले बामपन्थी आन्दाेलनका एक खम्बा गुमाएकाे छ ।
उहाँको योगदानको उच्च मूल्यांकन गर्दै नेकपा माओबादी केन्द्रका नेता आदिवासी जनजाति संयुक्त मोर्चाको अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य माननीय सुरेश आलेमगरले  पाटीको झण्डा ओढाएर श्रद्धान्जली सभा गरी बौद्ध धर्म परम्पराअनुसार अन्त्येष्टि गरिएको थियो ।
SHARE