गायक अशिम कुमार कटुवालको  ‘बाटो छ भिरालो’ बोलको गीत सार्वजनिक

काठमाण्डौ ।  लोक तथा दोहोरी गायक अशिम कुमार कटुवालको  ‘बाटो छ भिरालो’ बोलको गीत सार्वजनिक भएको छ।

गायक अशिम कुमार कटुवाल  र गायिका कल्पना पराजुलीको सुमधुर  आवाजमा रहेकाे ‘बाटो छ भिरालो’ बाेलकाे  गीतको भिडियो अशिम कुमार कटुवाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
अशिम कुमार कटुवालकाे शब्द, लय तथा एरेञ्ज विष्णु तामाङले गरेका छन् भने गीतको मिक्सिङ कुमार सानु पुनले गरेका हुन् ।
मोडल अनिल कट्वाल र अस्मिता रनपाल लगायत अन्य कलाकारहरुको सुन्दर अभिनय रहेको ,उक्त म्युजिक भिडियो निर्देशन  निरेन श्रेष्ठले गरेका हुन्। भिडियोमा राम केसीको छायाँकन र विष्णु खड्काको सम्पादन  रहेको छ ।
https://youtu.be/cjYpQLT5Z0I?si=hgU0XzRxU9KRuUGL
SHARE