तामाङ चलचित्र ‘उर्गेन’ को शुभमुहूर्त

काठमाडौं । तामाङ भाषाको चलचित्र ‘उर्गेन’ निर्माणको औपचारिक शुभारम्भ गरिएको छ। तामाङ चलचित्र संघको प्रस्तुति, चलचित्र विकास बोर्डको सहकार्य तथा सक्सेस फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रको शुभमुहूर्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

कार्यक्रममा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वो, सुनकोसी गाउँपालिका उपाध्यक्ष कान्छीमाया लामा, आदिवासी जनजाति चलचित्र महासंघका निवर्तमान अध्यक्षद्वय प्रितिमाया पुन र अमृत सुनुवार, वर्तमान कार्यवाहक अध्यक्ष भूइसाल लामा लगायतको उपस्थिति रहेको थियो। त्यस्तै चलचित्र विकास बोर्ड सदस्य एवं भाषा प्रवर्द्धन बोर्डका सहसंयोजक बिक्रम भट्ट, मातृभाषा प्रवर्द्धन बोर्डकी सदस्य सचिव अप्सरा समाल,  समाजसेवी ज्योति केसी, समाजसेवी रेशम पाख्रिन, लक्ष्मी योङहाङ, विपना तामाङ, थुप्तेन ग्याल्बो लामा, रामकुमार बस्नेत र पासाङ लामा पनि कार्यक्रममा सहभागी थिए।

चलचित्र ‘उर्गेन’ का कथाकार कुमार मोक्तान हुन् भने निर्देशन बिनायक तामाङले गर्नेछन्। गीत कुमार स्याङ्बो, संगीत जोगलाल लामा, द्वन्द्व निर्देशन संकर महर्जन, नृत्य निर्देशन शुनिल लामा र शुभर्जा घलानको रहनेछ।

चलचित्रमा कुमार मोक्तान, सीता थिङ, खलनायकका रूपमा बिकास स्याङ्तान, अस्मिता लामा, संगीता तितुङ, अमर लामा, भूइसाल लामा, माया डोल्मा मोक्तान, रेशम पाख्रिन, शम्भु मोक्तान, बुद्ध तामाङ, उत्तर लामा गोकुल तामाङ, गोर्खा लामा, हिरोज लोप्चन, रोशन तामाङ र प्रबल तामाङ लगायतका कलाकारहरूको अभिनय रहनेछ। साथै बाल कलाकार सिने पाख्रिन चलचित्रमा देखिनेछन्।