प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आव्हान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर चर्किएको आन्दोलनका बीच उत्पन्न परिस्थितिको मूल्यांकन र समाधानका लागि सर्वदलीय बैठक आव्हान गरेका छन्।

आज साँझ ६ बजे बस्ने बैठकका लागि अपिल जारी गर्दै प्रधानमन्त्री ओलीले हिजो राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिका घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

“कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा हुँदैन। शान्तिपूर्ण संवाद र सहमति नै समस्याको समाधान खोज्ने सर्वोत्तम विधि हो,” प्रधानमन्त्री ओलीले अपिलमा उल्लेख गरेका छन्।

उनले सम्बद्ध पक्षहरूसँग निरन्तर संवाद भइरहेको र राष्ट्रिय सहमतिको आधारमा सार्थक निष्कर्षमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन्।

 

SHARE