दुर्गा प्रसाईं समूहले मंसिर ७ गते गर्ने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय बल्खु क्षेत्र तोकियो

काठमाडौं । दुर्गा प्रसाईं समूहले यही मंसिर ७ गते गर्ने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय बल्खु क्षेत्र तोकिदिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले दुर्गा प्रसाईं समूहलाई प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिएको जानकारी दिए । यसअघि प्रशासनले नेकपा एमालेको संगठन युवा संघलाई तिनकुने क्षेत्र तोकिदिएको थियो ।

 

 

SHARE