भारतका प्रसिद्ध उद्योगी रतन टाटाको निधन, के थियो रोग ?

भारतका प्रसिद्ध उद्योगी रतन टाटाको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा बिहीबार बिहान करिब २ बजेतिर निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टाटाको सोमबार मात्र अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको थियो । उमेरसँगै हुने समस्याका कारण उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

टाटाका लगभग १०० वटा कम्पनी रहेका छन् । ती कम्पनीमा ३ लाख ५० हजारभन्दा बढीले रोजगारी पाएको जनाइएको छ । उनले भारतमा सबभन्दा ठूलो अटो निर्माण कम्पनी र सबभन्दा ठूलो स्टिल कम्पनी सञ्चालन गरिरहेका थिए ।

टाटाले सन् १९३२ मा उड्ड्यन क्षेत्रमा पनि व्यवसायिकताको सुरुवात गरेका थिए । उनले स्थापना गरेको एयरलाइन्स पछि एयर इन्डिया बनेको थियो । सरकारले लिएपछि एयर इन्डिया भएको हो ।

उक्त एयरलाइन्स फेरि २०२१ मा टाटा ग्रुपले खरिद गरेको थियो ।

SHARE