लुम्बिनीमा निर्माणाधिन ‘विश्वशान्ति धाम’ मा श्रमदानका लागि आह्वान

लुम्बिनीमा निर्माणाधिन ‘विश्वशान्ति धाम’ मा श्रमदानका लागि आह्वान लुम्बिनीमा निर्माणाधीन ‘विश्वशान्ति धाम’ निर्माणको पुनःसुरुवातको लागि आह्वान गरिएको छ ।

धाममा डिसेम्बर १६ अर्थात् मङ्सिर ३० गते निर्माणका निम्ति ढुंगा विछ्याउने कार्य थालनी गर्ने भएका हुन् । उक्त कार्यमा सहभागीका निम्ति गुरु श्याल्पा तेन्जिङ रिन्पोछेले आह्वान गरिएको हो । रिम्पोर्छेका अनुसार विश्वभरका विश्वशान्ति धाम सदस्यहरु र शान्तिका कार्यकर्ताहरुसँग प्रार्थना, ध्यान, नृत्य जस्ता उत्सवहरु हुने भएकाले त्यहाँ सामेल हुन समेत अनुरोध गरेका छन् ।

जसमा मायादेवीको जादुई नाटकीय प्रस्तुतिको मजा र विना शर्त प्रेमको खेल जसले राजकुमार सिद्धार्थको जन्मलाई पुनः चित्रित गर्दछ, जो बुद्ध बन्ने भाग्यमा लिएर आएका थिए । विश्व शान्ति धामले दिव्य आमा, रानी मायादेवी, हाम्रा विगत, वर्तमान र भविष्यका सबै आमाहरुलाई सम्मान गर्नेछ । आमा जसले आफ्ना बच्चाहरुको हेरचाहमा निस्वार्थ प्रेमको उदाहरण दिन्छ । निःशर्त अनि निस्वार्थ प्रेम नै संसारमा शान्तिको वास्तविक स्रोत हो ।

पत्रकार भेटघाटमा भनिएको छ‚ ‘विश्वशान्ति धाम एक ठाउँ हो । जहाँ हरेक जाति, रंग र धर्म सम्प्रदायका मानिसहरु एक साथ आउन सक्छन् र शान्तिको विगुल फुक्छन र सम्पूर्ण मानवताको कल्याण र लाभको लागि काम गर्न सक्छन् । यो एक खुला मञ्च हुनेछ । जहाँ शान्तिप्रेमी व्यक्तिहरु, विश्वनेताहरु र नीति निर्माताहरुले विश्वव्यापी द्वन्द्वको समेत शान्तिपूर्ण समाधानहरु खोजसँगै काम गर्न सक्छन् ।

’ विश्वशान्ति धामको मार्ग दर्शक सिद्धान्त, शान्तिलाई युद्ध भन्दा प्रचलित बनाउनु हो । हामीले द्वन्द्व र युद्धका मूल कारणहरुलाई आफैभित्र हेरेर र शान्ति गरेर, शत्रुता र अज्ञानताका आन्तरिक युद्धहरुको सामाना गर्न आवश्यक छ । हिंसाले मात्र बढी हिंसा निम्ताउँछ ।

दया र हेरचाहले सबै घाउहरु निको पारी शान्ति प्रदान गर्दछ । स्वभाविक रुपमा, सबैले शान्तिको फल चाहान्छन् र कोही पनि युद्ध र विनास चाहँदैनन् । ‘विश्वव्यापी रुपमा बढ्दो युद्ध, जलवायु परिवर्तन र घट्दो मानसिक स्वस्थ्यलाई सम्बोधन गर्न हाम्रो वर्तमान प्रक्षेपण, अपर्याप्त सावित भइरहेको छ’‚ रिम्पोर्छे श्याल्पा तेन्जिङले भने‚‘हामीलाई नयाँ समाधान चाहिन्छ र त्यसको लागि हामीले विश्वका सारा मानव एकै परिवारको रुपमा सँगै काम गर्न सिक्नु पर्दछ र गर्नुपर्दछ ।’ कार्यक्रममा श्रमदान अभियानमा सहभागी हुनेले अनुकुलका पोशाकमा उपस्थित हुने आह्वान गरिएको छ ।

SHARE