मंसिर २९ र ३० गते तेस्रो औं तामाङ मौलिक सेलो संगीत महोत्सव

 काठमाडौँ । नेपाल तामाङ कलाकार संघले तेस्रो तामाङ मौलिक सेलो संगीत महोत्सवको मंसिर २९ र ३० गते काठमाडौँको चुच्चेपाटी बौद्ध स्थित हयात होटल ग्राउण्डमा हुना लागेको र तयारी अन्तिम चरणमा पुगेको महोत्सव संयोजक तथा गायक रोशन फ्युबा तामाङले जानकारी दिएका छन  ।

महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण तामाङ कलाकार संघ परिवार लागेको बताए । स्टेज व्यवस्थानसंगै सुरक्षा व्यवस्थापनको पक्षलाई पनि मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँ, महानगरीय प्रहरी वृत्त बौद्धलाई जानकारी गराइसकेको र नीजि क्षेत्रबाट समेत आवश्यक सुरक्षाकर्मी व्यवस्थापन भइसकेको संयोजक रोशन फ्युवाले बताए । महोत्सवलाई थप आकर्षक बनाउन उद्घाटनको दिन बौद्ध स्तूपदेखि डम्फू, झाँक्री, ताम्बा तथा तामाङ समुदायको विभिन्न संघसंस्थाको प्रतिनिधित्वसहित कार्यक्रम स्थलसम्म ¥याली गराउन लागेको बताए ।

त्यस्तै नेपाल तामाङ कलाकार संघका अध्यक्ष तथा गायक विशाल काल्तनले महोत्सवमा देशभरी रहेका तामाङ समुदायमा गाउने मौलिक भाषासहितको सेलो गीतहरू प्रस्तुत हुने बताए । तेस्रो संस्करणको रूपमा यस वर्ष तामाङ समुदायको मौलिकता झल्किने बाजा, गीतसंगीतका साथै पहिचानसहित प्रस्तुती गराउन  लागेको बताए ।

महोत्सवको पहिलो दिन औपचारिक कार्यक्रमसहित सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत हुने र दोस्रो दिन पूर्ण रूपमा मनोरञ्जनात्मक प्रस्तुती पुरानो तथा नयाँ कलाकारहरूको प्रस्तुती रहने बताए ।  दुईदिनसम्म चल्ने महोत्सवमा प्रवेश निःशुल्क रहेको जानकारी दिदै सम्पूर्ण तामाङ समुदाय तथा गैर तामाङ समुदायका शुभेच्छुकहरूलाई सहभागीको लागि अनुरोध गरेका छन् ।

 

SHARE